Tuesday, May 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १३, २०८१
in समाचार
0
इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर स्रोत : इलाका प्रहरी कार्यालय इटहरी ।

1.8k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा बुधबार एक युवकमाथि भएको खुकुरी प्रहारको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

इटहरी ६ स्थित कुवेर चौकमा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीकाअनुसार खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट बुधबार राति ९ः४५ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने २० वर्षीय लोप्सन गुरूङ, इटहरी १८ बस्ने २२ वर्षीय ज्योतिष चौधरी, सोही वडाका २२ वर्षीय मनीष चौधरी, इटहरी १७ बस्ने २१ वर्षीय गणेश चौधरी, सोही वडाका २१ वर्षीय आशिष चौधरी, इटहरी १३ बस्ने २६ वर्षीय उमेश कोइराला र इटहरी २० बस्ने १६ वर्षीय हिमेश राई रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट बिहीबार (आज) पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।

‘पक्राउ परेकाहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप भएको छ,’ डीएसपी कार्कीले भने, ‘पुरानो रिसिइबी फेर्नका लागि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’

बुधबार इटहरी ६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका उनीहरूले लखेटी–लखेटी बुढाथोकीमाथि प्रहार गरेको डीएसपी कार्कीले बताए ।

प्रहरीकाअनुसार खुकुरी प्रहारबाट बुढाथोकीको टाउको, हातको पाखुरा र शरीरका विभिन्न भागमा चोट लागेको छ । स्थानीय एक होटलमा खाजा खाइरहेको समयमा मोटरसाइकलमा आएका चारजना युवकले उनीमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट तत्काल फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई बिहीबार अदालतबाट म्याद थप गरेपछिसार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।

यो पनि – इटहरीमा युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पाँचजना पक्राउ

यो पनि – इटहरीमा लखेटी–लखेटी चार युवकले गरे खुकुरी प्रहार

भिडियो

Tags: #इटहरी#पक्राउअपराधखुकुरीखुकुरी प्रहार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात...

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन
विविध

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

by रासस
जेष्ठ ११, २०८३
0

सुनसरी : आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1494 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    888 shares
    Share 355 Tweet 222
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.