Monday, June 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापाको एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८१
in विविध, समाचार
0
झापाको एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…
69
SHARES
Share on FacebookShare on Twitter

झापा : जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।

गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो ।

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए ।

“प्रधानाध्यापक को बन्नुभयो भन्ने विषयमा भन्दा पनि विद्यालयको पठनपाठन बिथोलिनु हुँदैन भन्नेमा हामी कृन्द्रित छौँ”, उनले भने, “बाहिरका नचिनेका व्यक्ति यसलाई बनाउनुपर्‍यो र उसलाई बनाउनुपर्‍यो भन्दै विद्यालयको हाताभित्र पसेर होहल्ला मच्चाउँछन् । यसले पठनपाठन प्रभावित भइरहेको छ ।”

विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रम विद्यालयभित्र नगरिदिन सबै पक्षको ध्यानाकर्षण गराएको सञ्जालका अध्यक्ष चौधरीले बताए । उनका अनुसार सञ्जालले ध्यानाकर्षण पत्र व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ ।

हजारौँ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत नियुक्त गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रष्ट व्यवस्था रहेको जानकारी दिए ।

“कस्तो योग्यता र अनुभवप्राप्त शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने भनेर ऐनमा भनिएकै छ”, अध्यक्ष खतिवडाले भने, “त्यही नियमलाई टेकेर व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षकमध्ये १० वर्ष सेवा पूरा गरिसक्नुभएको ज्येष्ठ शिक्षक भट्टराईलाई नियुक्त गरेको हो ।”

विद्यालयमा नियुक्ति पाएका दुवैजना प्रधानाध्यापकको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन हुन थालेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनुपर्‍यो भन्दै एउटा समूहले संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।

विद्यालयको वातावरण पठनपाठन प्रभावित हुन थालेपछि तत्काल समस्या समाधान गरी पठनपाठनको वातावरण बनाउन व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाइएको विद्यार्थी सञ्जालका अध्यक्ष चौधरीले बताए ।

नियुक्ति पाएका दुवै प्रधानाध्यापकका विषयमा विवाद चलिरहेकाले हाल निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले विद्यालयको नेतृत्व गरिरहेका छन् ।

Tags: #झापा#राससविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट करिब २९० ग्राम खैरोहेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बरामद लागूऔषध किन्न काठमाडौंबाट सुनसरी...

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका
समाचार

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

विराटनगर : विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ विराटनगर जलवायु...

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३
विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    705 shares
    Share 282 Tweet 176
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.