Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८१
in विविध, समाचार
0
खोटाङमा शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

खोटेहाङ गाउँपालिका–४ बडका दियालेका गङ्गामायाँ विश्वकर्माको शव रु ४५ हजारमा ट्याक्टर भाडामा लिएर जिल्ला अस्पताल ल्याएर परीक्षणपछि फर्काउने तयारी गर्दै आफन्त । जिल्लामा शव वाहन नहुँदा समस्या भोग्नुपरेको छ । तस्बिर : केदार मगर/रासस

109
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पुर्‍याई बुबाको शव परीक्षण गराए ।

जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा नौ हजारमा ‘रिजर्भ’ गर्न पाइने ट्याक्टरले शव बोक्न दोब्बर भाडा लियो ।

सोही प्रकृतिबाट मृत्यु भएकी खोटेहाङ गाउँपालिका–४ बडका दियालेकी ५५ वर्षीया गङ्गामाया विश्वकर्माको शव परीक्षणका लागि पनि ट्याक्टर नै रिजर्भ गर्नुपर्‍यो । कमजोर आर्थिक अवस्था भएका मृतकका आफन्तले चन्दा सङ्कलन गरी ४५ हजारमा रिजर्भ गरी शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याए ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणीपोखरीमा कार्यरत डाक्टरहरू दसैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याउनुपरेको सो वडाका वडाध्यक्ष तिलकबहादुर बस्नेतले बताए ।

दश स्थानीय तह रहेको जिल्लामा एउटा पनि शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ ।

स्थानीय तहले करोडौँ मूल्यका सवारीसाधन खरिद गरे पनि शव वाहन खरिद गरेका छैनन् । जसले गर्दा शव परीक्षण गर्नुपर्ने प्रकृतिका मृतकका आफन्तले ट्याक्टर रिजर्भ गर्नुपर्ने बाध्यता छ ।

शव परीक्षण गराउँदासमेत कार्यालय सहयोगीले दुई हजार मागेर लगेको वडाध्यक्ष बस्नेतले बताए । उनले भने, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरान पार्दोरहेछ ।”

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् ।

ती सबैका परिवारले ट्याक्टरमै महँगो भाडा तिरेर शव बोकाउनुपरेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा सयौँ सर्वसाधारण आर्थिक भारमा पर्दै आएका छन् ।

Tags: #खोटाङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.