प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाईएको छ । बुधबार मात्रै प्रदेश १ मा १ हजार ९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कका अनुसार बुधबार १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ ।
परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ ।















Discussion about this post