ओखलढुंगा : जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुखका लागि भट्टराईको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला सभामा कांग्रेसको एकलौटी बहुमत रहेको कारण अन्य दलहरूले उम्मेदवारी दिएका थिएनन् ।
यसअघि जिल्ला समन्वय समितिको प्रमुख रहेका डिल्लीराम खनालको उपचारका क्रममा गत असोज १३ गते निधन भएको थियो ।
उनको निधन भएपछि उक्त पद रिक्त थियो । आइतबार भट्टराईको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।














Discussion about this post