खोटाङ : खोटाङमा मानसिक सन्तुलन गुमेकी युवती बलात्कृत भएकी छन् । केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया युवतीमाथि बलात्कार भएको खुलेको हो ।
करिब ६ वर्षअघि मानसिक सन्तुलन गुमाएर उपचाररत ती युवतीलाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । उक्त घटना बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ ।
बलात्कारपछि युवती गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो ।
पीडितको जाहेरीअनुसार ३९ वर्षीय एककुमार राईले मानसिक सन्तुलन गुमाएकी ती युवतीलाई बलात्कार गरेको उल्लेख छ ।
गत असारमा राईले घरमा एक्लै भएको मौका छोपेर मानसिक सन्तुलन गुमेकी युवतीलाई बलात्कार गरेका थिए । पीडक राई हाल बेलायतमा रहेको बताइएको छ ।
उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस १८ गते दर्ता भएको छ ।














Discussion about this post