विराटनगर : विराटनगर महानगरपालिका १६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित सुनसरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री सुनसरीको दुहबी नगरपालिका ४ का २५ वर्षीय मोहित यादवलाई १ ग्राम ८१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post