इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक पुरुषको ११ दिनपछि मृत्यु भएको छ ।
माघ १७ गते बिहीबार इटहरी उपमहानगरपालिका वडा नं. १ आँपगाछीस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको कोशी प्रदेश–१–०३–००१ प ३३०७ नम्बरको मोटरसाइकल र सहायक राजमार्गबाट मुख्य राजमार्ग निस्किएर धरानतर्फ जान खोजेको प्र–१–०२–००२ च ४८४१ नम्बरको म्याजिक भ्यान एकापसमा ठक्कर भएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक ताप्लेजुङ मिरिङ्दिन गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय गणेश लिम्बू र पछाडि सवार ३५ वर्षीय मीना लिम्बू घाइते भएका थिए ।
उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको थियो । घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गणेशको भने माघ २८ गते सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मीनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
म्याजिक भ्यान चालक इटहरी ५ बस्ने ३९ वर्षीय मुक्ति बहादुर गुरुङ प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post