Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

विराटनगरमा ढुंगाको ढक विस्थापन गर्ने निर्णय, एक दर्जन ढक–तराजु नियन्त्रण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १, २०८१
in टाकुरा विशेष, समाचार
0
विराटनगरमा ढुंगाको ढक विस्थापन गर्ने निर्णय, एक दर्जन ढक–तराजु नियन्त्रण

नगर प्रहरीले नियन्त्रण गरेर ल्याएको ढक तराजु अवलोकन गर्दै उपमेयर कार्की

75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ ।

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो ।

बिहीबार महानगरका प्रहरी प्रमुख राजन पौडेलको नेतृत्व टोलीले विराटनगर–५ स्थित पृथ्वीचोकबाट एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ ।

अबदेखि महानगर क्षेत्रभित्र लाग्ने हाटबजारमा ढुंगाको ढक र तराजुलाई विस्थापन गरिने कार्कीले जानकारी दिइन् । बिहीबारदेखि नै नगर प्रहरी परिचालन गरेर ढुंगाको ढक, तराजु नियन्त्रण सुरु गरिएको उनले बताइन् ।

‘हाटबजारमा नापतौल गर्ने ढक ढुंगाको तथा अन्य वस्तुबाट मापन गरिरहेको पाइएको हुँदा अनिवार्य रुपमा मापदण्ड बमोजिम ढक प्रयोग गर्न/गराउन नगर प्रहरीमार्फत प्रचारप्रसार गर्ने निर्णय गरिएको छ,’ उपमेयर संयोजक रहेको समितिले गरेको निर्णयमा भनिएको छ ।

विशेषगरी साप्ताहिक रुपमा लाग्ने हाटबजारमा नापतौलका लागि ढुंगाको ढक प्रयोग गर्ने गरेको पाइन्छ । जसबाट उपभोक्ता ठगिने क्रम बढेको भन्दै महानगरले अबदेखि ढुंगाको ढकलाई पूर्ण रुपमा विस्थापन गर्ने भएको छ ।

त्यस्तै, समितिको बैठकले माछा र तरकारीको बिक्रीस्थल छुट्टाछुट्टै स्थानमा रहने व्यवस्था गर्ने निर्णय गरेको छ ।

महानगरको नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसललाई महानगरको मापदण्ड बमोजिम व्यापार गर्ने विषयमा प्रतिबद्ध गराउन १५ दिनको म्याद दिने बैठकले निर्णय गरेको छ ।

साथै आफूले मापदण्ड बमोजिम मासु पसल सञ्चालन गरेको स्वघोषणापत्र समेत संकलन गर्ने निर्णय गरिएको उपमेयर कार्कीले जानकारी दिइन् ।

बैठकले बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बिक्री भइरहेको जनगुनासो आएको भन्दै महानगरले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ ।

अबदेखि हरेक हप्ताको शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसमेतको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उनले बताइन् ।

‘यसअघि पनि बजार अनुगमन गरिरहेका थियौं,’ समितिकी संयोजक कार्कीले भनिन्, ‘अबदेखि दिनै तोकेर अनुगमन गर्ने निर्णय गरेका छौं ।’

Tags: #विराटनगरटाकुरा विशेषविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.