प्रदेश १ मा आज थप ८९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष रहेका छन् ।
आज थपिएका संक्रमित मध्ये सबैभन्दा बढी मोरङमा ४४ जना रहेका छन् ।
यस्तै, सुनसरीमा २९ जना थपिएका छन् भने झापामा ७ जना र इलाममा ४ जना छन् । यस्तै, पाँचथर र उदयपुरमा १–१ छन् भने प्रदेश १ बाहिरका ३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङका ४४ जनामध्ये विराटनगरका मात्रै आज २९ जना संक्रमित छन् । ती मध्ये १३ जना महिला र १६ जना पुरुष हुन् । यस्तै, मोरङको कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैचामा ३ महिला र ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ जना पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीमा दुहवीका २ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको छ भने इटहरीमा १ महिला र ४ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि, झापाको मेचीनगरमा ३ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला र २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्र
देश १ बाहिरका सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















Discussion about this post