प्रदेश १ मा आज थप १ सय २ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमित हुनेहरुमा मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २० महिला, १३ पुरुष, सुनबर्षी गाउपालिकामा २ महिला, ८ पुरुष, सुन्दरहरैँचा नगरपालिकामा १ महिला १ पुरुष, कटहरी गाउपालिकामा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलमा आज कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला, ३ पुरुष, धरानमा १ महिला, ३ पुरुष, गढी गाउपालिकामा १ महिला, ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजिटिभ आएको छ।
झापाको दमकका ३ महिला, १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला, १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।














Discussion about this post