संखुवासभा : संखुवासभाको खाँदबारीबाट धनकुटा आउँदै गरेको जिप अरुण नदीमा खसेको छ ।
दुई जना सवार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो जिप धनर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बोलेरोमा गाडी धनी खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय रमेश राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङ सवार थिए ।
गाडीसँगै नदीमा खसेका दुवै जनाको सकुशल उद्धार गरिएको छ । उनीहरूलाई पानीमा तैरिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
बोलेरोलाई स्थानीयको सहयोगमा नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।














Discussion about this post