विराटनगर : विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक शनिवार मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
खारजीबाट कञ्चनबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहम्मद अब्दुल कलामको मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण स्कुटर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ।














Discussion about this post