इटहरीमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरीका विभिन्न वडाका थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।
उनका अनुसार इटहरीको वडा नं. ६ का दुई महिला, एक पुरुष, वडा नं. ४ का एक पुरुष, वडा नं. २० की एक महिला र जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका इटहरीका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८७ पुगेको छ ।














Discussion about this post