इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–८ स्थितमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जना कर्मचारीको ज्यान गएको छ।
मृतक इटहरी उप–महानगरपालिका–१४ निवासी २६ वर्षीय मुकेश कुमार चौधरी हुन् । उनी वर्ल्डलिंकका कर्मचारी थिए। जेठ २९ गते दिउँसो करिब १२ः३० बजे तार जडानको क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो।
प्रारम्भिक उपचारपछि थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पठाइए पनि अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।












Discussion about this post