इटहरी : इटहरीमा ९ जना सहित सुनसरीमा आज विहीबार ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ३९ पुगेको छ ।
आज थपिएकाहरु मध्य इटहरीमा ८ जना पुरुष र १ जना महिला रहेका छन् ।
त्यस्तै, धरान उपमहानगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी २ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ३ जना महिला सहित १० जना गरि जम्मा ३१ जना रहेका छन् ।
सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् ।
















Discussion about this post