Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभा : बजेटमाथि गम्भीर छलफल, मन्त्रीहरूले दिए स्पष्टीकरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८२
in समाचार
0
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

कोशी प्रदेशसभा बैठक ।

67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आगामी आर्थिक वर्ष २०८२।८३ का लागि कोशी प्रदेश सरकारले ल्याएको विनियोजन विधेयकमाथिको छलफल सकिएको छ। असार ७ गते प्रदेशसभामा पेस गरिएको विधेयकमाथि कुल ३८ जना सांसदहरूले धारणा राखेका थिए।

प्रदेशसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले चालु खर्च पुँजीगत खर्चभन्दा धेरै देखिनुको कारण संघीय अनुदानको रकम अधिकांश चालु खर्चमै जानुपर्ने बाध्यता भएको बताए। लोकसेवा आयोगमार्फत कर्मचारी पदपूर्ति र महँगी भत्ता वृद्धि पनि चालु खर्च वृद्धि हुनुमा कारण भएको मन्त्री मगरले स्पष्ट पारे।

उनका अनुसार योजना बैंकमा ५० हजारभन्दा बढी योजना सूचीकृत हुनु सरकारको पहिलो अभ्यास हो। सांसदहरूले छनोट गरेका तथा सरकारले आवश्यक ठानेका योजनामा मात्र बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले रासायनिक मल व्यवस्थापनमा प्रदेश सरकार समन्वयकर्ताको भूमिका मात्र रहेको उल्लेख गर्दै विकासे बजेटले रोजगारी सिर्जना गर्न नसकेको कारण उत्पादन क्षेत्रमा बजेट केन्द्रित गरिएको बताए।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मन्त्रालयअन्तर्गत हाल २ हजार ८२८ योजना कार्यान्वयनमा रहेको बताए। उनका अनुसार १४ स्थानीय तहमा बायोग्यास प्लान्ट स्थापना तथा ३७ बहुवर्षीय योजना सञ्चालनमा छन्। “१२ हजार ८०० हेक्टर जग्गामा सिँचाइको व्यवस्था गरिएको छ,” मन्त्री कार्कीले भने।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रालयलाई ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै सुशासन, शान्ति र सेवा प्रवाहमा बजेटको प्रभावकारी उपयोग गरिने बताए। अधुरा प्रहरी चौकीहरू पूर्णता दिने, लागुऔषध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर भएको उनले बताए।

पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पदमार्ग निर्माणलगायतका योजनामा बजेट छुट्याइएको र कुनै अराजक काम नगरिएको स्पष्ट गरे।

भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जिल्ला अस्पतालहरूको अवस्थापन सुधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा बजेट विनियोजन गरिएको जानकारी दिए।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मुसहर समुदायका लागि सक्षम छोरी योजना र पहाडका लागि आवासीय विद्यालय निर्माणमा बजेट छुट्याइएको बताए। मन्त्रालयको ४४ कार्यक्षेत्रभित्रका जनअपेक्षालाई सम्बोधन गर्न सकिने विश्वास पनि व्यक्त गरे।

प्रदेशसभाको अर्को बैठक असार १२ गते बिहान ११ बजेका लागि तोकिएको छ।

Tags: कोसी प्रदेशप्रदेशसभाप्रदेशसभा बैठकबजेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
FEATURE BREAKING

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    782 shares
    Share 313 Tweet 196
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    732 shares
    Share 293 Tweet 183
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.