Wednesday, November 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८२
in विविध, समाचार
0
संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण
81
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।

मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका छन् भने मन्दिर परिसरमा पशुचौपाया पसेर फोहर गर्ने गरेका छन् ।

यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई घेराबारा गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

प्राकृतिक सौन्दर्यता नियाल्न साथै मन्दिरमा दर्शनका लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडा क्षेत्रमा गोठपालन गर्दै आएका गणेश विष्टले बताए । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकाले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । मन्दिर संरक्षण अभावमा जीर्ण बनेको उनको भनाइ छ ।

“टेम्केसिद्ध मन्दिर संरक्षण नहुँदा जीर्ण बनेको छ”, विष्टले भने, “मन्दिर लथालिङ्ग हुँदा मन्दिरमा पशुचौपाया पस्ने गरेका छन् । खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेकोजस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिर संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

यो स्थानलाई जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्नसके प्राकृतिकप्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्ने जानकारहरु बताउँछन् ।

मानिसहरूको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरन क्षेत्र भएकाले गाईवस्तुभित्र पसेर बस्दा मन्दिर फोहर बनेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने टेम्कमैयुङ–५ मझौलका स्थानीय शिवकुमार विष्टले बताए । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्तको प्रष्ट दृश्य पनि देख्न सकिन्छ ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ पनि छ । भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन छ ।

यो मन्दिरको दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने गरेको छ । मानिसहरू आ–आफ्ना कूल, पितृको सम्झनामा सदबिज छर्नका लागि पुग्ने गरेका छन् ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट पनि मानिसहरू आउने गरेका छन् ।

खास गरेर यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यावलोकन गर्न मानिसहरू पुग्ने गरेका छन् ।

मेलाबाहेक अन्य समयमा पनि दर्शन तथा पञ्चबलि गर्नका लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गरेका छन् ।

 

Tags: #भोजपुर#राससजीर्णसंरक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए
समाचार

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २५, २०८३
0

इटहरी : सुनसरीमा लागूऔषधविरुद्धको कारबाहीका क्रममा तीन जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद गर्नुका साथै जेनजी आन्दोलनका...

पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात
समाचार

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

by रासस
कार्तिक २५, २०८३
0

झापा : सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद...

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा सरकारी कामकाजको भाषा ऐन आजदेखि कार्यान्वयनमा

कार्तिक २५, २०८३
आज भाइटीका, ११ः२ बजे उत्तम साइत

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

कार्तिक २५, २०८३
जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

कार्तिक २४, २०८३
इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

कार्तिक २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

कार्तिक २५, २०८३
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

कार्तिक २५, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा सरकारी कामकाजको भाषा ऐन आजदेखि कार्यान्वयनमा

कार्तिक २५, २०८३
आज भाइटीका, ११ः२ बजे उत्तम साइत

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

कार्तिक २५, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1080 shares
    Share 432 Tweet 270
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    383 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.