इटहरी : अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष कायम भएको छ।
सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको ५ वर्षे अवधिलाई बढाएर १० वर्ष पुर्याइएको हो।
उक्त व्यवस्थाले अब चालकहरूले ५–५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।
राजपत्रमा प्रकाशित सूचना अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ९३० मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ।
त्यसैगरी, ऐनको दफा ५६ को उपदफा ९३० मा रहेको नवीकरणपछिको अवधिलाई जनाउने ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई पनि ‘दश वर्षसम्मको’ बनाइएको छ।
नयाँ व्यवस्थासँगै अब जारी हुने नयाँ लाइसेन्स र नवीकरण गरिने लाइसेन्स दुवैको अवधि १० वर्षको हुनेछ।












Discussion about this post