प्रदेश १ मा मंगलबार ८७ जनामा कोरोना सङ्क्रमण देखएको छ । सङ्मण हुनेहरुमा सबैभन्दा बढी सुनसरीमा ५६ जना थपिएका त्यस्तै मोरङ्गमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बाह्रदशीमा १ महिला ३ पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।
मंगलबार थपिएकासहित प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।
















Discussion about this post