इटहरीबाट धरान जादैँ गरेको मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
धरान ८ तिनकुने स्थित कोशी लोकमार्गमा इटहरीबाट धरानतर्फ जादैँ गरेको को ८ प ९३०२ नं. को मोटरसाईकलले एक महिलालाई ठक्कर दिएको थियो ।
तत्काल नाम, थर, वतन नखुलेको पैदलयात्री अन्दाजी बर्ष ७५ को महिलालाई ठक्कर दिदाँ टाउकोमा चोट लागेर गम्भीर घाईते भएकी उनको उपचारको क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मोटरसाईकल चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
















Discussion about this post