Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरका पुस्तकालय अस्तित्व संकटमा

रासस by रासस
भदौ १५, २०८२
in विविध, समाचार
0
भोजपुरका पुस्तकालय अस्तित्व संकटमा
59
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै पुस्तकालय सञ्चालनमा कमी हुँदै आएको छ ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बन्नुकासाथै प्रविधिको विकास हुनु, पठन संस्कृति लोप हुनुलगायत कारणले यहाँको श्रीराम अमर पुस्तकालयमा पठन संस्कृतिमा कमी हुँदै गएको हो ।

राणाकालमा स्थानीय नारदमणि थुलुङ, विचारीचन्द्र प्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायत युवाद्वारा पुस्तक सङ्कलन गरी श्रीराम पुस्तकालय सञ्चालन गरिएको थियो । उक्त पुस्तकालयले तत्कालीन शासकबाट विसं २००५ देखि सञ्चालनको अनुमति प्राप्त गरेको स्थानीय नवीन सुवालले बताए ।

राणाविरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदहरूको सम्झनामा विसं २०१० मा सदरमुकाममा श्री अमर सहिद पुस्तकालय स्थापना भएको थियो।

तत्कालीन वडा कार्यालयले विसं २०१२ माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएका पुस्तकालयका ज्ञाता एवं स्थानीय शेरबहादुर मोक्तानले बताए ।

उनले भवन अभाव, आर्थिक समस्या, प्रविधिको प्रयोग नहुनुलगायत कारणले यहाँका पुस्तकालय लोप हुने अवस्थामा पुगेका उल्लेख गरे ।

विभिन्न चाडपर्व, देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसरमा देखाइने नाटक, एकाङ्की प्रदर्शन तथा मञ्चनमार्फत भएको आम्दानी बचत गर्नुका साथै तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोगबाट आफ्नै भवन निर्माण गरिएको उनले बताए ।

विसं २०४० भदौमा रु एक लाख १४ हजार लागतमा भवन निर्माण भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, भोजपुरमा ‘संस्था दर्ता ऐन, २०३४’ अनुसार विसं २०३८ साउन ६ गते २ नं मा दर्ता भएको यो पुस्तकालय समाज कल्याण परिषद्मा ‘समाज कल्याण ऐन, २०४९’ अन्तर्गत दर्ता भएर प्रमाणपत्र प्राप्त गरेको छ।

पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभावलगायत कारणले दुवै पुस्तकालय सञ्चालनमा समस्या भएपछि विसं २०२३ माघ १६ गते श्री राम अमर सहिद नाममा रूपान्तरण गरी दुवै पुस्तकालय संयुक्त रूपमा सञ्चालन गर्न थालिएको पुस्तकालयका संरक्षकसमेत रहेका मोक्तानले जानकारी दिए।

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको पुस्तकालयको भवन पुनःनिर्माण नहुँदा नियमित सञ्चालनमा समस्या भइरहेको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठले बताए ।

जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालय लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

पुस्तकालयमा ‘इ–लाइब्रेरी’ सञ्चालनका लागि काठमाडौँस्थित पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटर हस्तान्तरण गरे पनि भवन नहुँदा आधुनिक प्रविधिको प्रयोग गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

तत्कालीन समयमा पुस्तकालयले विगतमा राजा वीरेन्द्रको शुभजन्मोत्सव विषेशाङ्क, पिखुवाको सुसेलीलगायत केही फुटकर साहित्यिक पुस्तक प्रकाशन गरिसकेको छ ।

विगतमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, सहिद दिवस, पुस्तकालय वार्षिकोत्सवलगायत अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्दै आइरहेको स्थानीय प्रविण सुवालले बताए ।

पुस्तकालयले सांस्कृतिक पर्वहरूको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन गर्नुका साथै नेपाल सम्वत्, ल्होसार चण्डीनाचको आयोजना गर्न सहयोग जनाउँदै आएको छ ।

पुस्तकालयलाई व्यवस्थित रूपमा आधुनिक प्रविधिअनुसार सञ्चालनमा ल्याएमा स्थानीयका साथै विद्यालय र क्याम्पसका विद्यार्थी प्रत्यक्ष लाभान्वित बन्ने स्थानीय पुस्तक व्यवसायी जीवन श्रेष्ठले बताए ।

‘विगतमा अन्य ठाउँमा नपाइने पुस्तक यहाँ पढ्न पाइन्थ्यो । यहाँ हरेक किसिमका पुस्तक र पत्रपत्रिकाहरू पाइन्थ्यो।’

अहिले पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहाससम्बन्धी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्यसम्बन्धी, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विभिन्न विधाका छ हजार बढी पुस्तक रहेका पुस्तकालयका संरक्षक मोक्तानले जानकारी दिए ।

साथै विसं २०१२ मा स्थापना भएको भोजपुर नगरपालिका–४, सिद्धेश्वरस्थित जनहित पुस्तकालय अहिले बन्द भएको छ ।

आधुनिकतासँगै पुस्तक पढ्न आउने पाठनको कमी हँुदा पुस्तकालय नियमित रूपमा सञ्चालन गर्न नसकिएको शिक्षक गणेश श्रेष्ठले बताए ।

उनले भने, ‘पुस्तक र भवन पनि छ, तर पाठकको अभावका कारण नियमित सञ्चालनमा छैन, यसलाई इ–लाइब्रेरीका रूपमा विकास गर्न जरुरी छ।’ यहाँ करिब चार हजार पुस्तक छन् ।

जिल्लाको दक्षिण हतुपागढी गाउँपालिकामा सञ्चालनमा रहेको हतुवागढी सार्वजनिक पुस्तकालय व्यवस्थापनका लागि ‘पठन संस्कृतिमा सरोकारवालाः अवसर र चुनौती’ विषयमा आइतबार छलफल भएको थियो।

पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहयोगमा उक्त छलफल आयोजना गरिएको हो।

Tags: #भोजपुर#राससपुस्तकालय
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना
FEATURE BREAKING

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

by रासस
भदौ २९, २०८३
0

झापा : सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव...

सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    863 shares
    Share 345 Tweet 216
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    743 shares
    Share 297 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.