इटहरी : झुम्का कारागारबाट भदौ २४ गते भागेका दुई फरार कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राईलाई नियन्त्रणमा लिइएको हो ।
नेपाली सेनाको श्री कालीशक्ति ईन्जिनियर गण याङ्शिला ब्यारेक मोरङबाट सह–सेनानी अमीर थापाको कमाण्डमा खटिएको टोली र इप्रका धरानका प्रसनि वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, लागूऔषध मुद्दामा कैद भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्ने ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीका अनुसार हालसम्म झुम्का कारागारबाट भागेर फरार भएकामध्ये १२ जनालाई पक्राउ गरिएको छ ।













Discussion about this post