तरहरा : ड्रक्सलाई इन्कार गरौँ भन्ने उदेश्यले विश्व एकता दिवसको अवसर पारेर तरहराका उर्जाशील युवाहरूले विभिन्न सुधार केन्द्रमा मास्क, सेनिटाइजर र गुर्जो वितरण गरेका छन् ।
कोरोनाको कारण अहिलेको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै इटहरी क्षेत्रमा रहेका सबै सुधार-गृहहरुमा तरहराका उर्जाशील युवाहरूले स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
आफैँ सचेत हुने उदेश्यले तरहराका सुजन लामा, राजन बाँनिया, भबिन्द्र आचार्य, खड्ग गुरुङ, सुरेश गुरुङ लगायत १२ जना सुधारोन्मुख युवाहरुले स्वास्थ सामाग्री वितरण गरेका हुन् ।
स्वास्थ्य सामाग्री सहित सचेतना समेत फैलाइएको थियो ।














Discussion about this post