झापा : झापामा बाँसले हिर्काएर युवकको हत्या भएको छ ।
बिर्तामोड नगरपालिका–५ मा बुधवार साँझ साढे ६ बजेतिर स्थानीय ३२ वर्षीय जोगेन राजवंशीलाई अज्ञात दुई युवाले कन्चटमा बाँसले हिर्काएर हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बाँस प्रहारबाट ढलेका घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post