इटहरीमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । भदौ २० र २१ गते संकलन गरिएको स्वाब मध्य थप १२ जनामा संक्रमण देखिएको हो ।
२० गते संकलन गरिएको स्वाव मध्ये इटहरी वडा नं १२ मा १ जना, ३७ बर्षीय पुरुष, इटहरी १३ का १ जना ३७ बर्षीेय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका २ जना २६ र ३९ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै, २१ गते गरिएको स्वाबमा इटहरी १० का ६ जना ३८, ४३, ४४ बर्षीया महिला र ४०, १६, ५३ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी १३ का १ जना ४४ बर्षीया महिला र इटहरी २० का १ जना २६ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २७९ पुगेको छ ।














Discussion about this post