सुनसरीमा ६० जनासहित प्रदेश १ मा आज थप १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएकामध्ये सबैभन्दा बढी मोरङमा ८० जना छन् ।
यस्तै, सुनसरीमा ६० जना, भोजपुरमा ५ जना, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् ।
मोरङको लेटाङमा १ महिला र ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैँचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा १३ महिला र ९ पुरुष, इटहरीमा ९ पुरुष र १३ महिला, इनरुवामा ४ महिला र १२ पुरुष छन् ।
त्यस्तै, भोजपुरको षडानन्दमा १ महिला र ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला र २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष रहेका छन् ।
झापाको कमल गाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ । त्यस्तै, प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।














Discussion about this post