इटहरी : सामाजिक लोकतन्त्र अध्ययन केन्द्र सुनसरी गठन भएको छ।
प्रा. डा. गोपाल भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो ।
१०७ औँ वीपी जयन्तीको अवसर पारेर गठित समितिको सह–संयोजकमा मनोज पोखरेल, सचिवमा अधिवक्ता रमेशकुमार पोखरेल, सह–सचिवमा प्राध्यापक निलम चौलागाई, कोषाध्यक्षमा पत्रकार हिमाल दाहाल रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा प्राध्यापक रितेस चौधरी ,प्राध्यापक गङ्गा चौलागाई, पत्रकार मणिराम भट्टराई, देबेन्द्र चौधरी, अधिवक्ता बिनोद नेपाल, अमृता रामदाम रहेका छ्न् ।
त्यसैगरी समितिको सल्लाहकारहरुमा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, इनरुवा नगपालिकाका प्रमुख राजन मेहेता, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र डाक्टर आनन्द आचार्य रहेका छन् ।














Discussion about this post