Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मोरङ कारागारमा मृत्युका घटना बढे, वैशाखयता १३ कैदीको मृत्यु, एकैदिन दुईजनाले गुमाए ज्यान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १२, २०८२
in टाकुरा विशेष, समाचार
0
मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु
93
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने दर लगातार बढ्दै गएको छ। यो आर्थिक वर्षको वैशाखयता मात्रै १३ जनाले ज्यान गुमाइसकेका छन्।

निरन्तर मृत्यु भइरहे पनि कारागारभित्रका स्वास्थ्य सेवा, भीडभाड र समग्र व्यवस्थापनप्रति राज्य जिम्मेवार तरिकाले उभिन नसकेको अधिकारकर्मीहरू बताइरहेका छन्।

बिहीबार मात्र कारागारमा रहेका दुई कैदीको मृत्यु भएको कारागार प्रशासनले पुष्टि गरेको छ।

मोरङको बेलबारी–३ का ४७ वर्षीय तेजबहादुर राईको बिहीबार राति ११ः२० बजेतिर नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

जंगली हात्ती मारेको मुद्दामा दोषी ठहर भएका राईलाई श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।

यसैगरी मोरङको पथरीशनिश्चरे–५ का ६६ वर्षीय हर्कजंग लिम्बूको बिहीबार बिहान ४ः२० बजेतिर कोशी अस्पतालमा मृत्यु भएको छ। उनी कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गर्दै आएका थिए।

अचानक शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएपछि कात्तिक ४ गतेदेखि उपचाररत थिए।

वैशाखयता १३ जनाको मृत्यु

कारागार प्रशासनका अनुसार वैशाखदेखि मंसिरको दोस्रो साताभित्रै १३ कैदी–थुनुवाको मृत्यु भइसकेको छ।

१३ मध्ये ८ जना कैदी र ५ जना थुनुवा छन्। १ महिलालाई शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो।

बाँकी सबैको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको कारागार प्रशासनले जनाएको छ। मृतकमध्ये सबैभन्दा धेरै लागूऔषध र कर्तव्य ज्यान मुद्दाका व्यक्ति छन्।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार लागूऔषध मुद्दाका ३, कर्तव्य ज्यान मुद्दाका ३, जबरजस्ती करणीका २, हाडनाता करणी, ठगी, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार तथा हात्ती मारेको कसुरका १–१ जना रहेका कैदीको मृत्यु भएको हो।

कारागारले उपलब्ध गराएको विवरणअनुसार मंसिरमै मात्र ३ जनाको मृत्यु भइसकेको छ।

कारागारमा बाध्यतापूर्वक भिड बढ्दै गएको, पर्याप्त स्वास्थ्य परीक्षण नहुँदो, दीर्घरोगी कैदीको समयमै उपचार नपाइने, मानसिक स्वास्थ्यसम्बन्धी सेवा अभाव र कमजोर व्यवस्थापनजस्ता समस्या मृत्युका घटनाका प्रमुख कारण रहेको अधिकारकर्मीहरूले बताउँदै आएका छन्।

लगातार बढिरहेका मृत्युका घटनाले मोरङ कारागारको क्षमता, सेवा र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेपछि शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ।

आयोगको कोशी प्रदेश कार्यालय विराटनगरबाट खटिएको मानव अधिकार अधिकृत तुलसा कार्की र चिरञ्जीवी कोइरालासहितको टोलीले कारागारको अनुगमन गरेको हो।

आयोगले कारागारको सरसफाइ, शौचालय, भान्सा, चमेना गृह, भेटघाट कक्षलगायतको निरीक्षणसमेत गरेको जनाएको छ।

Tags: कारागारजिल्ला कारागारटाकुरा विशेषमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास
समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त...

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित
समाचार

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

विराटनगर : सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ शुभारम्भ गरिएको छ। अभियानको अवसरमा...

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

मंसिर ६, २०८३
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३
इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1118 shares
    Share 447 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.