Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कामधेनु सहकारीले रजिस्ट्रार कार्यालयलाई बुझायो जवाफ, प्रक्रिया नपुगे कारबाही हुने संकेत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ९, २०८२
in समाचार
0
कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ
94
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दूग्ध विकास सहकारी संस्थाले सेयर सदस्यता खारेजीसम्बन्धी उजुरीको विषयमा कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयलाई लिखित जवाफ पेस गरेको छ ।

रजिस्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख महानन्द रिजालका अनुसार कामधेनु सहकारीले पुस ७ गते विनियमसहितका कागजात र आवश्यक सामग्री संलग्न गरी जवाफ पठाएको हो ।

उनका अनुसार अब रजिस्ट्रार विभागभित्र छलफल प्रक्रिया सुरु हुनेछ ।

‘रजिस्ट्रार आएपछि छलफल गरेर कारबाहीका मापदण्डबारे अध्ययन हुन्छ,’ रिजालले भने, ‘रजिस्ट्रार कार्यालयको ऐन र कामधेनु सहकारीको विनियम एक–आपसमा मिल्छ कि मिल्दैन भन्ने हेरेर निर्णय लिइन्छ ।’

विशेषगरी संघीय सहकारी कानुनी व्यवस्थाअनुसार कामधेनुले सेयर सदस्य हटाउँदा अपनाएको प्रक्रिया वैधानिक छ कि छैन भन्ने विषयमा गहिरो अध्ययन गरिने र सोही आधारमा निष्कर्ष निकालिने उनले बताए ।

‘यदि प्रक्रिया पूरा नगरी कारबाही गरिएको देखियो भने थप कानुनी प्रक्रिया अगाडि बढाइन्छ,’ रिजालले भने ।

यसअघि पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र सेयर सदस्य मनोज दाहाललाई सेयर सदस्यताबाट हटाइएको निर्णयविरुद्ध उजुरी परेपछि रजिस्ट्रार कार्यालयले सात दिनभित्र स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

खासगरी सहकारी ऐन, विनियम र संघीय कानुनी मापदण्डअनुसार प्रक्रिया नपुगेको ठहर भएमा संस्थामाथि थप कारबाही हुनसक्ने बुझिएको छ ।

कामधेनु सहकारीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले ‘भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोपमा अधिकारी र दाहाललाई सेयर सदस्यताबाट हटाउने निर्णय गरेको थियो ।

उनीहरूले संस्थाका अध्यक्ष यादप ढकालले ‘मनोपोली’ निर्णय गरेको बताउँदै उक्त निर्णयविरुद्ध मंसिर २४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

यो पनि – कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ

यो पनि – कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

यो पनि – कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

Tags: कामधेनुजवाफ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.