Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

गुरु ढकाल by गुरु ढकाल
माघ ७, २०८२
in खेलकुद, समाचार
0
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी विजयी भएको छन् ।

बुधबार भएको समूह बी को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबले लायन क्रिकेट एकेडमीलाई ३० रनले पराजित गरेको छ ।

लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले फाइनलको यात्रा तय गरेको छ भने लायनले खेलेको २ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितसँगै सिद्धार्थले खेलेको ३ खेलमै जित निकाल्दै ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ ।

कटहरी ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ दोस्रो स्थान र डाइनामिक क्रिकेट एकेडेमीले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङको गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ६ रनको योगफल तयार पारेको थियो ।

सिद्धार्थका लागि फिर्दोस अन्सारीले अविजित हुँदै ३७ रन र दिपेश कँडेलले १९ रन बनाए । लायनका शकिव हकले ३ विकेट लिँदा गौरभ कटवालले २ विकेट लिए ।

जवाफमा १ सय ७ रनको लक्ष्य पछ्याएको लायनले १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ७६ रन मात्र सिमित भयो । लायनका शकिव हकले २६ रन जोड्दा निरजकुमार ठाकुरले १२ रनको योगदान दिए ।

सिद्धार्थका निरज मुखियाले ३ विकेट लिँदा दिपेश कँडेल, फिर्दोस अन्सारी र विजय मण्डलले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।

यसअघि भएको पहिलो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमीले मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीलाई ३ विकेटले पराजित गर्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने लगातार २ खेलमा पराजित हुँदै मिल्स प्रतियोगिताबाट बाहिरिएको छ ।

जितसँगै विराटनगरको ४ अंक रहेको छ । विराटनगरले खेलेको २ वटै खेलमा जित निकालेको छ । विराट क्रिकेट एकेडेमी २ खेलमा १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, इलाइटले खेलेको २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र मिल्सले खेलेको २ वटै खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

टस हारेरर ब्याटिङको गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सस ३ रनको समान्य योगफल तयार पारेको थियो ।

मिल्सका लागि रितिक चौधरीले १७ रन, अभय कुमीले १४ रन, नरेन्द्र कर्णले १३ रन तथा सँतोष चौधरी र डनिस राजाले ११–११ रन बनाए । विराटनगरका क्रितिक कामतले ३ लिँदा रितेश झा र कृष शर्माले २–२ विकेट लिए ।

जवाफमा १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव १ बलमा ७ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो ।

विराटनगरका भूपाल दंगालले २५ जोड्दा सागर कटवालले २१ रनको योगदान दिए ।

मिल्सका विधान गोश्वामीले २ विकेट लिँदा वैभव राजले पनि २ विकेट लिए । खेलको म्यान अफ द म्याच विराटनगरका सागर कटवाल घोषित भए ।

Tags: #खेलकुदक्रिकेट
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.