इटहरीमा थप २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गत २६ र २७ गते लिएको स्वाब मध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालले जनाएको छ ।
संक्रमित हुनेहरुमा इटहरी ४ का ३३ बर्षीय पुरुष, इटहरी ५ का ४२ र ४६ बर्षीय पुरुष, इटहरी ९ का ८ महिने बालक र १९ बर्षीया महिला, इटहरी १० का २७, ६५ र ७० बर्षीय पुरुष, इटहरी १३ का १८ र ४५ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै इटहरी १६ का ४४ बर्षीय पुरुष, इटहरी १९ का ५५ बर्षीय पुरुष, इटहरी २० का ३७ बर्षीया २ जना महिला र ३० बर्षीय पुरुष, शशस्त्र प्रहरीका ३३ र ३८ बर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका २४ बर्षीय पुरुष र ३५ बर्षीया महिला रहेका छन् । त्यस्तै, अर्का एकजना सुन्दरहरैँचा ५ का ३० वर्षिय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ३५० पुगेको छ ।














Discussion about this post