वितेको २४ घण्टामा प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन्
जसमध्ये मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ५ हजार ४९६ पुगेको छ ।
प्रदेश १ बाट आज ७१ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post