विराटनगर : विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ विराटनगर जलवायु सिकाइ गोष्ठी आयोजना गरिएको छ ।
दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको सुरुवात गर्दै इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको उद्देश्य साथै युवाहरूको भूमिकाबारे प्रकाश पारे ।
गोष्ठीको प्राविधिक सेसनमा क्लाइमेट रिस्क एण्डरैजिलेन्स ल्याबका विनोद पराजुलीले प्रमाणदेखि प्रभावसम्म : तथ्याङ्क, भाष्य र सामुदायिक अनुभवका माध्यमबाट जलवायु सञ्चारको सुदृढीकरण विषयमा प्रस्तुतीकरण दिए ।
उनले जलवायु सम्बंधी सहभागीहरूलाई समावेशी समूहमा विभाजन गरी खेल र छलफलको माध्यमबाट जलवायु सम्बन्धी शब्दावली र तथ्यहरूबारे प्रयोगात्मक सिकाइ गराए ।
त्यसैगरी, दोस्रो सेसनमा हरिन नेपालबाट, अधिवक्ताएवं जलवायु अभियन्ता तनुजा पाण्डैले सडकको सङ्गठन, हाम्रो भविष्यको पुन प्राप्ति : जलवायु न्यायको अग्रपङ्क्तिमा लडन नेपालका युवाहरूको परिचालन विषयमा आफ्नो अनुभव साझा गरिन् ।
उनले सेभ निजगढ आन्दोलनको उदाहरण दिँदै भुइँ तहको वास्तविकता, प्रणाली र अभियानका कथाहरू कसरी तयार गर्ने र अभियानलाई बलियो बनाउने भन्नेबारे सहभागीहरूलाई प्रशिक्षित गरिन् ।
सहभागीयुवाहरू आफैं ३ वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाकातयार पारेका थिए ।
आयोजकका अनुसार युवाहरूले तयार पारेका अभियानहरूलाई कार्यान्वयनका लागि प्राविधिक, वित्त तथा व्यवस्थापकीय सहयोग समेत उपलब्ध गराइनेछ।
गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयंसेवक र युवा अभियन्ताहरूको सहभागिता रहेको थियो ।















Discussion about this post