Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा असिना र हुरीले मकै उत्पादनमा ६८ हजार मेट्रिक टन गिरावट

रासस by रासस
असार १६, २०८३
in विविध, समाचार
0
झापामा मापसे सेवन गरेर छिमेकीको घर छेउ पुगेपछि रूखमा बाँधेर राखे, बिहान मृत भेटिए
52
SHARES
Share on FacebookShare on Twitter

झापा : धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठुलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।

केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो।

चालु आव २०८२/८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। उनले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिए।

उनले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताए। “बाह्रदशी, झापा र गौरादहतिरका किसान ठुलो मारमा परेका छन्”, उनले भने, “कुल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो।”

झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ।

आव २०८०/८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादकत्व रहेकामा आव २०८१/८२ मा बढेर ७.८८ र आव २०८२/८३ मा ७.८ मेट्रिक टन पुगेको छ। यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ ।

उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ। आव २०८०/८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भई तीन लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो।

आव २०८१/८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर तीन लाख ५१ हजार ४२६ मेट्रिक टन पुगेको थियो । तर आव २०८२/८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर रहे पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुग्यो।

उनले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताए।

Tags: #कृषि#झापागिरावट
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण
पर्यावरण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

by रासस
असार १६, २०८३
0

झापा : चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार १६, २०८३
0

मोरङ : मोरङको उर्लाबारीमा गुडिरहेको ट्याक्टरबाट लड्दा एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ७ः१० बजेतिर उर्लाबारी–मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी...

इनरुवामा कमन मैनाको मातृत्व

इनरुवामा कमन मैनाको मातृत्व

असार १६, २०८३
पहिरोको कारण मेची राजमार्ग अवरुद्व

संखुवासभामा पहिरोको जोखिम, स्वास्थ्य चौकीसहित २८ परिवार विस्थापित

असार १६, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेशसभा बैठक पुनः सारियो

असार १६, २०८३
बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

असार १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

असार १६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

असार १६, २०८३
इनरुवामा कमन मैनाको मातृत्व

इनरुवामा कमन मैनाको मातृत्व

असार १६, २०८३
झापामा मापसे सेवन गरेर छिमेकीको घर छेउ पुगेपछि रूखमा बाँधेर राखे, बिहान मृत भेटिए

झापामा असिना र हुरीले मकै उत्पादनमा ६८ हजार मेट्रिक टन गिरावट

असार १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    746 shares
    Share 298 Tweet 187
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.