मोरङ : मोरङको उर्लाबारीमा गुडिरहेको ट्याक्टरबाट लड्दा एक युवकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ७ः१० बजेतिर उर्लाबारी–मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी नगरपालिका–५ तरुण चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट लडेर उर्लाबारी–६ निवासी २० वर्षीय देवेन्द्र मगर गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थाका मगरलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक झापाको दमक नगरपालिका–४ निवासी १९ वर्षीय बुद्ध तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
















Discussion about this post