Thursday, July 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
in FEATURE BREAKING, समाचार
0
अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली
75
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा अनुसन्धानमा रहेको फाइल हेर्न माग गर्दै पुगेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको सांसद टोली र अख्तियारका अधिकारीबीच बुधबार करिब डेढ घण्टा विवाद भएको छ।

मोरङ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेसहितको टोलीले अनुसन्धानमा रहेका फाइल हेर्न आग्रह गरेपछि अख्तियारका अधिकारीले कानुनले त्यस्तो अनुमति नदिने अडान लिएपछि दुवै पक्षबीच लामो समय सवाल–जवाफ भएको हो।

अनुगमन टोलीमा रास्वपाकी सांसद गजला शमीम मिकरानी, नेकपा (एमाले)की सांसद विष्णुमाया विक र नेकपाका सांसद युवराज दुलाल पनि सहभागी थिए। टोली झुम्का कारागारको अनुगमन सकेर अख्तियारको इटहरी कार्यालय आइपुगेको थियो।

अख्तियारका इटहरी कार्यालय प्रमुख यज्ञ पुरीले अनुसन्धानाधीन फाइल, त्यससँग सम्बन्धित कागजात तथा आरोपितको विवरण कानुनअनुसार गोप्य रहने भएकाले कुनै पनि अवस्थामा देखाउन नमिल्ने जवाफ दिएका थिए।

त्यसपछि सांसद र कार्यालय प्रमुखबीच केहीबेर चर्काचर्कीसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा सांसद न्यौपानेले संसदीय समितिले अनुसन्धान फाइल किन हेर्न नपाउने भन्दै प्रश्न उठाएको देखिन्छ।

अख्तियारका प्रमुख पुरीले अनुसन्धान सम्पन्न भएर अभियोजन नभएसम्म अनुसन्धानसम्बन्धी सूचना सार्वजनिक गर्न वा फाइल उपलब्ध गराउन कानुनले अनुमति नदिने व्यवस्था सांसदहरूलाई जानकारी गराइएको बताए।

‘अनुसन्धानमा रहेका आरोपीको नामसमेत सार्वजनिक गर्न मिल्दैन। अनुसन्धानाधीन फाइल देखाउन मिल्दैन भन्ने कानुनी व्यवस्था नै उहाँहरूलाई देखाएर बुझायौं। त्यसपछि उहाँहरू फर्किनुभयो,’ पुरीले भने।

अनुगमनका क्रममा सांसदहरूले इटहरी कार्यालयमा रहेका केही मुद्दाको अनुसन्धान किन ढिलो भइरहेको भन्ने विषयमा पनि चासो राखेका थिए। अनुसन्धान अधिकृतहरूले भने कानुनले अनुमति दिएको सीमाभित्र रहेर अनुसन्धानको प्रगति र प्रक्रियाबारे जानकारी गराएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले अनुसन्धान फाइल कसैलाई उपलब्ध गराउन नमिल्ने स्पष्ट पारे। उनका अनुसार अनुसन्धानको गोपनीयता कानुनले सुनिश्चित गरेको विषय भएकाले कुनै पनि व्यक्तिलाई अनुसन्धानाधीन फाइल देखाउन मिल्दैन।

यस घटनापछि संसदीय अनुगमनको सीमा र संवैधानिक निकायको स्वतन्त्रताबारे बहस सुरु भएको छ। कानुनविद्हरूका अनुसार संसदीय समितिले अख्तियारको नीतिगत कार्यसम्पादन, वार्षिक प्रतिवेदन तथा संस्थागत विषयमा अनुगमन गर्न सक्ने भए पनि अनुसन्धानाधीन फाइल माग गर्नु वा अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने गरी दबाब दिनु कानुनी रूपमा उपयुक्त मानिँदैन।

यद्यपि, अनुगमनमा सहभागी सांसद युवराज दुलालले भने कार्यालयको कार्यसम्पादन र अनुसन्धान ढिलो हुनुका कारण बुझ्ने उद्देश्यले अनुगमन गरिएको बताए।

उनका अनुसार अनुसन्धानको गोपनीयता कायम रहनुपर्ने विषयमा आफू स्पष्ट रहेको र अनुसन्धान प्रक्रियामा कुनै प्रभाव पार्ने उद्देश्य नरहेको बताएका छन्।

Tags: #अख्तियार#अख्तियार इटहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’
FEATURE BREAKING

उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : आर्थिक मन्दी, कमजोर बजार, उच्च बैंक ब्याजदर र नीतिगत अन्योलले व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको भन्दै इटहरीका...

कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित
FEATURE BREAKING

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक पक्राउ

असार १८, २०८३
मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

असार १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३
२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’

उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’

असार १८, २०८३
अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

असार १८, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

असार १८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक पक्राउ

असार १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    759 shares
    Share 304 Tweet 190
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.