Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
in समाचार
0
अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली
167
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा अनुसन्धानमा रहेको फाइल हेर्न माग गर्दै पुगेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको सांसद टोली र अख्तियारका अधिकारीबीच बुधबार करिब डेढ घण्टा विवाद भएको छ।

मोरङ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेसहितको टोलीले अनुसन्धानमा रहेका फाइल हेर्न आग्रह गरेपछि अख्तियारका अधिकारीले कानुनले त्यस्तो अनुमति नदिने अडान लिएपछि दुवै पक्षबीच लामो समय सवाल–जवाफ भएको हो।

अनुगमन टोलीमा रास्वपाकी सांसद गजला शमीम मिकरानी, नेकपा (एमाले)की सांसद विष्णुमाया विक र नेकपाका सांसद युवराज दुलाल पनि सहभागी थिए। टोली झुम्का कारागारको अनुगमन सकेर अख्तियारको इटहरी कार्यालय आइपुगेको थियो।

अख्तियारका इटहरी कार्यालय प्रमुख यज्ञ पुरीले अनुसन्धानाधीन फाइल, त्यससँग सम्बन्धित कागजात तथा आरोपितको विवरण कानुनअनुसार गोप्य रहने भएकाले कुनै पनि अवस्थामा देखाउन नमिल्ने जवाफ दिएका थिए।

त्यसपछि सांसद र कार्यालय प्रमुखबीच केहीबेर चर्काचर्कीसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा सांसद न्यौपानेले संसदीय समितिले अनुसन्धान फाइल किन हेर्न नपाउने भन्दै प्रश्न उठाएको देखिन्छ।

अख्तियारका प्रमुख पुरीले अनुसन्धान सम्पन्न भएर अभियोजन नभएसम्म अनुसन्धानसम्बन्धी सूचना सार्वजनिक गर्न वा फाइल उपलब्ध गराउन कानुनले अनुमति नदिने व्यवस्था सांसदहरूलाई जानकारी गराइएको बताए।

‘अनुसन्धानमा रहेका आरोपीको नामसमेत सार्वजनिक गर्न मिल्दैन। अनुसन्धानाधीन फाइल देखाउन मिल्दैन भन्ने कानुनी व्यवस्था नै उहाँहरूलाई देखाएर बुझायौं। त्यसपछि उहाँहरू फर्किनुभयो,’ पुरीले भने।

अनुगमनका क्रममा सांसदहरूले इटहरी कार्यालयमा रहेका केही मुद्दाको अनुसन्धान किन ढिलो भइरहेको भन्ने विषयमा पनि चासो राखेका थिए। अनुसन्धान अधिकृतहरूले भने कानुनले अनुमति दिएको सीमाभित्र रहेर अनुसन्धानको प्रगति र प्रक्रियाबारे जानकारी गराएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले अनुसन्धान फाइल कसैलाई उपलब्ध गराउन नमिल्ने स्पष्ट पारे। उनका अनुसार अनुसन्धानको गोपनीयता कानुनले सुनिश्चित गरेको विषय भएकाले कुनै पनि व्यक्तिलाई अनुसन्धानाधीन फाइल देखाउन मिल्दैन।

यस घटनापछि संसदीय अनुगमनको सीमा र संवैधानिक निकायको स्वतन्त्रताबारे बहस सुरु भएको छ। कानुनविद्हरूका अनुसार संसदीय समितिले अख्तियारको नीतिगत कार्यसम्पादन, वार्षिक प्रतिवेदन तथा संस्थागत विषयमा अनुगमन गर्न सक्ने भए पनि अनुसन्धानाधीन फाइल माग गर्नु वा अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने गरी दबाब दिनु कानुनी रूपमा उपयुक्त मानिँदैन।

यद्यपि, अनुगमनमा सहभागी सांसद युवराज दुलालले भने कार्यालयको कार्यसम्पादन र अनुसन्धान ढिलो हुनुका कारण बुझ्ने उद्देश्यले अनुगमन गरिएको बताए।

उनका अनुसार अनुसन्धानको गोपनीयता कायम रहनुपर्ने विषयमा आफू स्पष्ट रहेको र अनुसन्धान प्रक्रियामा कुनै प्रभाव पार्ने उद्देश्य नरहेको बताएका छन्।

Tags: #अख्तियार#अख्तियार इटहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    835 shares
    Share 334 Tweet 209
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.