Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
in FEATURE BREAKING, समाचार
0
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना
58
SHARES
Share on FacebookShare on Twitter

मोरङ : उपभोक्तालाई वितरण गर्ने एलपी ग्यासको सिलिन्डरमा तोकिएको परिमाणभन्दा कम ग्यास भेटिएपछि मोरङको कोशी ग्यास उद्योग कारबाहीमा परेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनका क्रममा बूढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिका सिलिन्डरमा तौलसम्बन्धी कैफियत भेटिएपछि दुई लाख ९० हजार जरिवाना गरेको हो।

प्रशासनका अनुसार उद्योग परिसरमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो।

परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ किलोग्राम मात्र ग्यास भेटिएको थियो। बाँकी ६३ वटा सिलिन्डरको समेत औसत तौल मापदण्डभन्दा कम पाइएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रममा खाली सिलिन्डरको तौलसमेत परीक्षण गर्दा तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी पाइएको थियो। खाली सिलिन्डरको तौल बढी हुँदा उपभोक्ताले तिर्ने रकमअनुसार वास्तविक ग्यासको परिमाण अझ कम हुन सक्ने प्रशासनको निष्कर्ष छ।

ग्यास उद्योग अत्यावश्यक सेवाअन्तर्गत पर्ने भए पनि अनुगमन टोली पुग्दा उद्योग बन्द अवस्थामा रहेको पाइएको थियो। त्यसका कारण उद्योगमाथि जरिवानासँगै थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई पनि अनुगमनमा अवरोध गरेको भन्दै ११ हजार जरिवाना गरिएको छ। अनुगमन टोलीलाई जाँचबुझ तथा निरीक्षणमा सहयोग नगरेपछि ट्रेडर्समाथि कारबाही गरिएको प्रशासनले जनाएको छ।

एलपी ग्यासको वितरण प्रणाली व्यवस्थित बनाउने तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिए थप कडा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ।

Tags: #ठगी#विराटनगरग्यास सिलिन्डर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने
FEATURE BREAKING

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

विराटनगर : कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष विभिन्न...

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

by रासस
साउन २६, २०८३
0

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।...

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

साउन २६, २०८३
सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    442 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.