ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुन डाँडामा प्रहरीले घर खानतलासी गर्दा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार स्थानीय ३३ वर्षीय मोहन तामाङको घरमा अवैध हतियार रहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार बिहान करिब ११ः३० बजेतिर उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बन्दुकसँगै त्यसमा प्रयोग हुने बारुद र छर्रासमेत बरामद गरिएको छ।
अवैध हतियार घरमा राखेको आरोपमा पक्राउ परेका तामाङमाथि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले हतियार कहाँबाट ल्याइएको र कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको छ।












Discussion about this post