झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन् ।
शनिबार दिउँसो काठमाडौंबाट हवाईमार्ग हुँदै भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई एमालेका स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका छन् ।
ओली ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत हुने कार्यक्रममा सहभागी हुन झापा पुगेका हुन् । उक्त कार्यक्रम आइतबार आयोजना हुँदैछ । कार्यक्रमको अघिल्लो दिन नै ओली झापा पुगेका हुन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओलीको यो पहिलो झापा भ्रमण हो । निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका थिए ।
निर्वाचनमा आफ्नो क्षेत्रमा पराजित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीको भ्रमणलाई एमालेको संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘मिसन पार्टी जागरण’मार्फत एमालेले स्थानीय तहसम्म संगठन र कार्यकर्तालाई थप सक्रिय बनाउने तयारी गरेको छ।











Discussion about this post