Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
in विविध, समाचार
0
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात । फाइल तस्बिर ।

52
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ ।

उनले भने ,“माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।”

भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार चिनिया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ ।

हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो ।

इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्त्वपूर्ण पर्वतारोहण गन्तव्य हो । नेपाल पर्यटन बोर्डका अनुसार दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ । आइल्यान्ड पिकलाई स्थानीय नाम इम्जा छेले चिनिन्छ ।

यो क्षेत्र समुद्री सतहबाट करिब छ हजार १६५ मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो । नेपाल सरकारको पर्यटन तथ्याङ्कमा रूपमा अभिलेख गरिएको छ ।

प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ । “मौसम प्रतिकूल भएकाले पर्यटकको सुरक्षालाई प्राथमिकता दिएका छौँ । जोखिमयुक्त अवस्थामा अनावश्यक रूपमा माथि नजान आग्रह गरिएको छ,” उनले भने ।

सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार खुम्बु क्षेत्र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने उच्च जोखिमयुक्त भौगोलिक क्षेत्र हो । निकुञ्जको माथिल्लो भागमा हिमनदी, हिमाल र गहिरा उपत्यका रहेका छन् ।

इम्जा खोला प्रणालीसमेत निकुञ्जको महत्त्वपूर्ण जलाधार क्षेत्रमा पर्छ । नेपाल पर्यटन बोर्डले सगरमाथा क्षेत्रलाई उच्च हिमाली भूगोलका कारण मौसममा तीव्र परिवर्तन हुने क्षेत्रका रूपमा उल्लेख गरेको छ । यहाँको माथिल्लो क्षेत्रमा तापक्रम न्यून हुने र वर्षा तथा हिमपातका कारण पदयात्रा तथा पर्वतारोहण प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्थाअनुसार यात्रा गर्नुपर्ने हुन्छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार हिमपात बढ्दै गएमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबिच समन्वय कायम गरिएको छ ।

“विपद्को समयमा स्थानीय जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा छौँ,” उनले भने । प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा पालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ ।

Tags: सोलुखुम्बुहिमपात
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी
FEATURE BREAKING

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत...

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई
खेलकुद

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : शतिसाले फुटबल क्लबले उदयपुरको फ्युजन फुटबल क्लबलाई पराजित गर्दै तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी–२...

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३
तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

अशोज ११, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.