सञ्चारकर्मी मनोज दाहालको तिहार बिशेष म्यूजिक भिडियो रमाइलो तिहार सर्बजनिक भएको छ । उनकै शब्द तथा संगीत रहेको गीतको निर्माण वीरेन्द्र दंगालले गरेका हुन् ।
गीतको स्वरमा दाहाललाई गायिका हेमन चाम्लिङ राईले साथ दिएकी छन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज रुद्र श्रेष्ठले गरेका छन् ।
इटहरीमा छायांकन भएको उक्त म्यूजिक भिडियोको नृत्य निर्देशन तथा निर्देशन तथा सम्पादन बिकल श्रेष्ठले गरेका हुन् भने कवल विश्वासको छायांकन रहेको भिडियोलाई परिकला मिडिया प्रा लि बाट पोष्ट प्रोडक्सन गरिएको हो ।
बिशेष अनलाइन टिभीबाट सार्बजनिक गरिएको भिडियोमा गायक दाहाल संगै गणेश निरौला, अंशु अधिकारी, धीरज पुरी, बिजया नेपाल, बाबुुराम सुुबेदी, एस बि अनुुरागी लगायतको अभिनय रहेको छ ।














Discussion about this post