इटहरी १९ तरहरामा भएको कडकनाथ भाले (कालो कुखुरा) ब्याडमिन्टन प्रतियोगीतामा दीपक राई र बलबहादुर राईको टिम विजयी भएका छन् ।
शारीरिक व्यायम गरौँ, स्वास्थ्य बनौँ भन्ने मुल नारा सहित स्थानीय अगुवाहरुले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगीतामा दीपक र बलबहादुरको टिम प्रथम भएका हुन् ।
भारतीय भूपू शैनिक सुवेदार मेजर हनेरी क्याप्टेन पदमबहादुर राईको टिमलाई पराजित गर्दै उनीहरु विजयी भएका थिए ।
मङ्लबार भएको प्रतियोगीतामा ८ टिमले सहभागीता जनाएका थिए । आफ्नै टोलमा भएको प्रतियोगीता उत्कृष्ट भएको भारतीय भूपू शैनिक सुवेदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राईले बताए ।












Discussion about this post