इटहरी २० तरहरामा दुर्घटना भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को २ प ५८६२ न. को मोटरसाइकल बिग्रिएर बनाई रहेको अबस्थामा सोही दिशातर्फ आउँदै गरेको को ३५ प २२४६ न. को मोटरसाइकलले ठक्कर दिदा ५८६२ न. को मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङ जहदा ५ बस्ने बर्ष ४७ को मनोज कुमार मण्डल रहेका छन् ।
उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको छ ।
ठक्कर दिने भोजपुर हतुवागढी गाउँपालिका ४ बस्ने बर्ष २३ को उमेश राई प्रहरी चौकी तरहराको नियन्त्रणमा रहेका छन् ।












Discussion about this post