झापाको शिवसताक्षी ११ बाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा दमक ८ का २५ बर्षीय सत बहादुर देवान र ३२ बर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा सवार गरी आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा डाइजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाईन ५८ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ












Discussion about this post