Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
in कला साहित्य, समाचार
0
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण
76
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इनरुवा निवासी सीमा अभियन्ता तथा साहित्यकार गोपाल कोइराला ‘त्यागी’को जीवन, संघर्ष र योगदानमा आधारित पुस्तक ‘एउटा अथक योद्धा गोपाल कोइराला ‘त्यागी’’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ।

महेश प्रसाईं र तेजेन्द्र प्रसाईंद्वारा सम्पादित तथा किरण कोइराला ‘हमला’द्वारा प्रकाशित उक्त कृतिको पिङ्गलास्थानस्थित बेस्ट वेस्टर्न प्लसमा आयोजित विशेष समारोहमा लोकार्पण गरिएको हो। कार्यक्रमसँगै ८७ वर्षीय कोइरालालाई सीमा संरक्षण र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न ११ साहित्यिक तथा सामाजिक संस्थाले संयुक्त रूपमा अभिनन्दनसमेत गरेका छन्।

बानेश्वर बहुमुखी क्याम्पसको बानेश्वर सर्जक समाजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले कोइरालालाई सीमा संरक्षणमा निरन्तर सक्रिय राष्ट्रसेवी व्यक्तित्वका रूपमा चित्रण गर्दै उनको योगदान राज्यका लागि महत्वपूर्ण रहेको बताए।

इतिहासविद् डा. सुरेन्द्र केसीले कोइरालाले तीन दशकदेखि सीमा क्षेत्रको अध्ययन र संरक्षणमा निरन्तर काम गर्दै हराएका धेरै भूभाग देशको नाममा फिर्ता ल्याउन भूमिका खेलेको उल्लेख गरे।

लोकार्पित कृतिमाथि टिप्पणी गर्दै डा. हरि सिलवालले गोपाल कोइराला ‘त्यागी’का योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन उनका कृतिहरू विद्यालय र पुस्तकालयसम्म पुग्नुपर्ने धारणा राखे। समालोचक गोपी मैनालीले पनि कोइरालाको राष्ट्रसेवा र साहित्यिक योगदानको प्रशंसा गर्दै उनको दीर्घायुको कामना गरे।

अभिनन्दित व्यक्तित्व गोपाल कोइराला ‘त्यागी’ले सम्मानप्रति आभार व्यक्त गर्दै आफू अझै समाज र राष्ट्रका लागि सक्रिय रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रा. खेम कोइराला बन्धु, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, डा. विनोद मञ्जन, डा. घमानसिंह खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रकाश समीरले गरेका थिए।

प्रेरणादायी व्यक्तित्व कोइरालाको जीवनसंघर्ष, योगदान र व्यक्तित्वमाथि आधारित पुस्तक ‘एउटा अथक योद्धा’मा विभिन्न लेखकहरूको लेख समावेश छ।

उक्त कृतिमा उनको जीवनयात्रा, संघर्ष, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवहरू समेटिएको छ। ‘त्यागी’ले समाज रूपान्तरण, मानवीय सेवा र सामाजिक अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

Tags: गोपाल कोइरालालोकार्पण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    302 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.