Thursday, June 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

पुराना राजनीतिक दल, विचारधारामा आएको सङ्कट र अबको राजनीतिक निकास

केशव खतिवडा by केशव खतिवडा
पुस ५, २०८२
in टाकुरा विशेष, विचार
0
79
SHARES
Share on FacebookShare on Twitter

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, वैदेशिक, प्रशासनिक, न्यायिक, नागरिक अधिकार, शैक्षिक, वैज्ञानिक जस्ता क्षेत्रहरूमा राज्यको संरचना र भूमिका कस्तो हुनुपर्दछ ? भन्ने जस्ता सवालहरूमा कुनै व्यक्ति, समूह वा दलले राख्ने एकीकृत, सङ्गठित र वैचारिक वा सैद्धान्तिक विश्वास र स्वीकारोक्ति नै राजनीतिक बिचार धार हो ।

समाज र राज्य सञ्चालनको साथै कूटनीतिक सम्बन्ध सञ्चालन गर्ने सम्बन्धी बृहत् खाका हो। समाजको विद्यमान समस्या, समाजको विकास वा परिवर्तनको लागि हुने आन्दोलन, शिक्षा र चेतनाको विकास, सूचना र प्रविधिको विकास, वैश्विक प्रणाली र आर्थिक संरचनामा आएको उतार चढाव वा परिवर्तन जस्ता सवालहरूको प्रभावले राजनीतिक विचार दाह्राको जन्म, विकास र परिवर्तन हुन्छ।

राजनीतिक विचारधारा हुनको लागि शासन प्रणाली, स्वतन्त्रता ,समानता, न्याय, मानवअधिकार ,वैदेशिक सम्बन्ध, राज्य र नागरिक बिचको सहकार्य, अन्तर सम्बन्ध र भूमिका, सामाजिक समस्याहरूको पहिचान र समाधानका उपायहरू, आर्थिक बनोटजस्ता सवालहरूको बारेमा स्पष्ट सोच र लक्ष्य निर्दिष्ट गरेको हुनुपर्दछ।

तसर्थ, हरेक राजनीतिक दलहरूको आ–आफ्नो विचारधारा हुन्छ। विचार दाह्राको आधारमा नै दलहरू फरक हुन्छन्। हाम्रो राजनीतिक सन्दर्भमा पुराना राजनीतिक दलहरू भन्नाले विगत पैँतिस वर्षदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासन सञ्चालनमा संलग्न दलहरू हुन्।

नेपाली काङ्ग्रेस, एमाले, माओवादी लगायत अन्य कम्युनिस्ट पार्टीहरू र मधेशवादी दलहरू पुराना राजनीतिक दलहरूको कोटीमा पर्दछन्। स्थापनाको हिसाबले पछिल्लो समयमा स्थापना भएका तर उल्लेखित दलहरू सँगै सहकार्य गरेका रास्वपा र नागरिक उन्मुक्तिजस्ता दलहरू पनि प्रवृत्ति र प्रकृतिको हिसाबले पुरानै दल जस्तै हुन्। विगत पैँतिस वर्ष देखि यिनै दलहरूले मात्र कहिले एकल र कहिले गठबन्धनको सरकार बनाए।

परिणाम तिस वर्षे पञ्चायती कालरात्रीलाई बिर्साउने गरी मुलुक भ्रष्ट्राचार, अनियमितता, बेथिति, बेरोजगारी, दण्डहीनता, गरिबी, दलतन्त्र, लुटतन्त्रजस्ता विकृतिको दुष्चक्रमा फसाए ।

यी कारणहरूले नागरिक असन्तुष्टि चरम रूपमा बढ्यो। यसरी सञ्चित हुँदै गएको नागरिक असन्तुष्टि सामाजिक सञ्जाल माथि लागेको प्रतिबन्धकोविरुद्ध गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहमार्फत विस्फोट भयो। तर सामाजिक सञ्जाल माथिको प्रतिबन्ध तत्कालीन कारण मात्र थियो।

नागरिक असन्तुष्टिको सञ्चितिको शृङ्खला निक्कै लामो थियो। जेनजी विद्रोहले लोकतन्त्रको विश्वव्यापी मान्यताविरूद्ध गठन भएको संसद्को पहिलो र दोस्रो ठूला दल एमालेको नेतृत्व र काङ्ग्रेसको समर्थनमा बनेको सरकार दुई दिनमा सता च्युत भयो। संविधानवाद भित्रबाट नागरिक सरकारको रूपमा कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो।

२००७ सालको क्रान्तिले राणा शासन र २०४६ सालको आन्दोलनले पञ्चायती शासनको अन्त्य गरेजस्तै जेनजी विद्रोहले उल्लेखित पुराना राजनीतिक दलहरूलाई सता च्युत ग¥यो। यसरी पुराना राजनीतिक दल र तिनले अख्तियार गरेको विचारधारा माथि एक मुष्ट सङ्कट सृजना भयो।

पुराना राजनीतिक दलहरूमा सङ्कट आउनुको मुख्य कारणहरू  :

१. विचार धारात्मक अस्पष्टताः विचार दाह्राको जगमा राजनीतिक दलहरूको स्थापना हुन्छ। नागरिकहरूले विभिन्न राजनीतिक दलहरूले अङ्गीकार गरेको विचार दाह्राको आधारमा आफ्नो विचारसँग मिल्ने दललाई चयन गर्दछन्। तर नेपालका कुनै पनि पुराना राजनीतिक दलहरूसँग उनीहरूले भन्ने गरेको विचारको दीर्घकालीन राष्ट्रिय मोडलको खाका छैन। अर्थात् विचारमा आधारित छैनन्।

लोकतान्त्रिक पार्टीको पहिचान बनाएको नेपाली काङ्ग्रेस आफूलाई उदार तथा बजारमुखी अर्थव्यवस्थाको पक्षधर भन्छ। तर उसले अपनाएका आर्थिक नीतिहरूमा अत्यधिक केन्द्रिकरण हुन्छ। पुस्तान्तरणको संस्कृति छैन। गुटगत प्रवृत्ति हाबी छ।

कम्युनिस्ट पार्टीहरू समाजवाद र साम्यवादको नारा दिएर निर्वाचनमा माक्र्सवादको कालो बजारीकरण गर्दछन्। तर सरकारमा भएको बेला बजार अर्थतन्त्रमुखी कार्यक्रम सञ्चालन गर्दछन्। पहिचान र सङ्घीयताको नारा दिएर उदाएका मधेशवादी दलहरू टुट, फुट, गुट र सत्तास्वार्थमा रमाएका छन् ।

वैकल्पिक र नयाँ भनेर उदाए । रास्वपा र नागरिक उन्मुक्तिजस्ता पार्टीहरू पुरानै दलका मतियार मात्र हैन भरिया बन्न पुगेका छन्। यसले गर्दा यी दलहरूले जनविश्वास गुमाए र एक हिसाबले सङ्कटग्रस्त बन्न पुगे।

२. वैश्विक प्रणाली र प्रविधिप्रतिको अज्ञानता र वेवास्थाः अधिकांश पुराना दलका मूल नेतृत्वमा ओली, देउवा, प्रचण्ड, नेपाल, खनाल, महन्थ ठाकुर, चित्र बहादुर केसी जस्ता शितयुद्धकालीन दुई धुर्वीय विश्व प्रणाली र टाइपराइटरकालीन प्रविधि बुझेका पाका नेताहरूको वर्चस्व रहेको छ।

जसले आर्थिक र सामरिक हिसाबले समेत बहुधुर्वीय बन्दै गएको वैश्विक प्रणाली र डिजिटल युग, ग्लोवलाइजेशन, युवा उद्यमशीलता, रोजगारी सङ्कट, वातावरणीय विनाशजस्ता आधुनिक मुद्दाहरू, नवप्रवर्धनको प्रयोग र वैश्विक समान्जस्यता कायम गर्ने हिसाबले सम्बोधन गर्न सकेनन्। युगले मागेको तीव्र परिवर्तन र परिणाममुखी राजनीति प्रति संवेदनशील हुन सकेनन्।

३.पुस्तान्तरण नहुनु र अन्तर पार्टी लोकतन्त्र कमजोर हुनुः दशकौँदेखि मूल नेतृत्वमा भिजन, मिसन र एक्सन न्यून भएका र गुटिया प्रवृत्तिका पुराना र पाका नेताहरू रहिरहनु। नयाँ पुस्ताले अवसर नपाएको हुँदा पार्टीमा नवीन ऊर्जा, सोच, प्रतिस्पर्धा र दृष्टिकोण क्रमशः कमजोर बन्दै जानु। परिणामस्वरूप सृजनात्मक सोच भएका प्रविधिमैत्री पुस्ताहरूको ती दलहरू प्रतिको आकर्षण घट्दै जानु। पार्टीको कार्यकारी अधिकार र मूल नेतृत्व सीमित व्यक्तिमा केन्द्रित हुनु। गुटबन्दीको आधारमा नीति निर्माण र अपारदर्शी निर्णय हुनु। स्वच्छ प्रतिस्पर्धालाई नियन्त्रण गर्नु। फरक विचारलाई निषेध गर्नु। व्यक्ति हाबी र संस्थागत अभ्यास कमजोर बन्दै जानु।

भर्खरै सम्पन्न भएको एमालेको एघारौँ महाधिवेशनमा ओलीले जसरी अध्यक्षको दुई कार्यकालको कार्य अवधि र सत्तरी वर्षे उमेर हदलाई पार्टीको शक्ति र श्रोतलाई खुला दुरुपयोग गरी संशोधन गर्नु। फरक विचार राख्ने माधव नेपाल, झलनाथ खनाल, विद्या भण्डारी, भीम रावलजस्ता सहकर्मीहरूलाई निषेध गरी चरम गुटबन्दी गर्दै तेस्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित हुनु। प्रचण्डले पार्टी अध्यक्ष छोडे भनेर संयोजक बन्नु।

गगन र विश्वप्रकाशले विधान बमोजिम कांग्रेसको विशेष महाधिवेशन बोलाउनको लागि आवश्यक पर्ने पच्चिस प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको निवेदनको सट्टा ५४ प्रतिशतको हस्ताक्षरसहितको निवेदन पेस गर्दा समेत पार्टी नेतृत्वले विभिन्न बहानामा विशेष महाधिवेशन नबोलाउनु। मधेशवादी दलहरूमा पार्टी स्थापना वा विभाजन देखि एकै व्यक्ति पार्टी प्रमुख रहनु इत्यादि ।

४. भ्रष्ट्राचार संस्थागत हुनु र दण्डहीनता बढ्नु: लामो समय पार्टी र राजकीय सत्तामा बसेर टिकट वितरणदेखि राजनीतिक नियुक्तिसम्ममा सौदाबाजी गर्ने। व्यक्तिगत र व्यापारिक लाभका लागि गरेका निर्णयहरूलाई समेत नीतिगत निर्णयको बर्को ओढाउने । सेटिङ्गमा नियुक्ति गरिएका नियमक निकायका पदाधिकारीहरूले समेत चयनमुखी निर्णय गर्ने प्रवृत्ति हाबी भएकाले सुशासनको अभाव भयो । र सचेत नागरिकहरूमा व्यापक असन्तुष्टि बढायो।

५. दलका नेताहरू राजनीतिक उद्यमी बन्नुको सट्टा राजनीतिक व्यापारी बन्नुः पुराना दलका अधिकांश शक्ति अभ्यास गर्ने नेताहरूले मुलुकको राजनीतिक प्रणाली र प्रक्रिया लाई नयाँ ढङ्गले, नयाँ विचार, दृष्टिकोण र योजनाहरूको अभियान सञ्चालन गर्ने राजनीतिक उद्यमी बन्नुको सट्टा सत्ता कब्जा गरी जनता माथि प्रभुत्व जमाउने, नीतिगत प्रभाव पार्ने, दलीय अनुशासनलाई तिलाञ्जली दिने, राजकीय श्रोत कब्जा गरी दोहन गर्ने, प्रशासन संयन्त्रलाई कमजोर बनाउने, क्रोनिक्यापिटालिज्मको पक्षधर बन्ने जस्ता कार्यमा संलग्न भई समग्रमा राजनीतिक व्यापारी बन्नु ।

अबको राजनीतिक गोरेटो :-

पुराना राजनीतिक दलहरूमा सत्ता च्युत हुने गरी सङ्कट आएको छ। तर समाप्त भएका छैनन्। किनकि, उनीहरूको लामो राजनीतिक विरासत छ। मजबुत सङ्गठन छ। वर्तमानको एक हद सम्मको असफलता उनीहरूको नेतृत्व र विचार धारामा आएको सङ्कट हो।

जुन सङ्कटले नेतृत्वमा पुस्तान्तरण र विचारधारामा प्रष्टता माग गरेको छ। त्यस कारण अबको बाटो वा विकल्प मुख्यतया दुई वटा रहेको छ ।

पहिलोः पुराना दलभित्रको सुधार । दोस्रोः एजेण्डामा आधारित नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय।

१. पुराना दलभित्रको सुधारः मुलत जेनजी विद्रोहबाट सत्ता च्युत हुन पुगेका काङ्ग्रेस, कम्युनिस्ट र मधेशवादी दलहरूले पुस्तान्तरण र विचार धारामा स्पष्टता गर्दै बोलाई र गराइमा एकरूपता कायम गर्नु पर्दछ। दलको विधानमा नै मूल नेतृत्वको कार्यकाल बढिमा दुई कार्यकाल तोक्ने।

दल र संसदीय उम्मेदवारमा युवाहरू कोटा र शैक्षिक योग्यता तोक्ने। आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने। प्राथमिक निर्वाचन प्रणाली अपनाउने। निर्णय प्रक्रियालाई सहभागितामूलक र पारदर्शी बनाउने। नवप्रवर्धन भित्र्याउनुको साथै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने ।

शासकीय स्वरूप, निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने। आर्थिक नीति लगायत स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग, वैदेशिक लगानी, वातावरण, रोजगारीजस्ता राष्ट्रिय महत्वका क्षेत्रमा दीर्घकालीन र लचिलो राष्ट्रिय नीति अवलम्बन गर्नुपर्छ। पार्टीको आर्थिक कारोबारलाई विश्वासनीय र पारदर्शी बनाउने जस्ता सुधारहरू गरेर पुराना दलहरूले गुम्दै गएको साखलाई पुनः आर्जन गर्न सक्दछन्।

२. एजेण्डामा आधारित नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदयः जब पुरानो राजनीतिक शक्ति र व्यवस्था अनुदार वा असफल हुन्छ, त्यसको विरूद्धमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको उदय हुन्छ। जसको प्रमुख आधार विकल्पको खोजी र विश्वसनीयता हो। यो समाज विकासक्रमको इतिहासले पुष्टि गरेको राजनीति र समाज विकासको साश्वत नियम हो।

अनुदार र निरङ्कुश राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य तत्कालीन समयका प्रजातन्त्रवादी र नयाँ राजनीतिक शक्तिको रूपमा उदाएका काङ्ग्रेस र कम्युनिस्टहरूको कार्यगत एकताले भएको थियो।

यद्यपि, तिनै राजनीतिक शक्तिहरू वर्तमानमा अनुउदारवादी र असान्दर्भिक बन्दै गएकाले जेनजी विद्रोहबाट सत्ता च्युत हुन पुगे। पोलिक्राइसिसको सामना गर्दै अघि बढिरहेको बहुधुर्वीय र एआईमा आधारित बन्दै गएको समकालीन वैश्विक प्रणालीलाई अब कुनै अमुकवादको चौघेरामा सीमित गर्न सकिँदैन।

अमुक वा दलाइ जस्ताको तस्तै स्वीकार गर्नु र निरपेक्ष सत्य ठान्नु भनेको जुत्ता अनुसार खुट्टा काटने अवैज्ञानिक चिन्तन जस्तै हो। तसर्थ, आजको आवश्यकता अमुकवाद र नारामा आधारित पुराना शक्ति हैन । गतिशीलतालाई आत्मासाथ गर्ने, एजेण्डामा आधारित, डिजिटल लोकतन्त्रका पक्षधर, नयाँ राजनीतिक शक्ति हुन्।

नयाँ राजनीतिक शक्तिमा विज्ञता र डिजिटल सोच भएका सामाजिक समावेशितासहितको युवा केन्द्रित नेतृत्व हुनुपर्छ।

नवप्रवर्धन र उद्यमशीलतामा आधारित नीति अनुसन्धान केन्द्र वा थिंक ट्याङ्कद्वारा निर्मित दीर्घकालीन नीतिगत र लक्ष्यसहितको रोडम्याप हुनु पर्दछ। समान अवसर र समान प्रतिनिधित्वलाई सुनिश्चित गरिनुपर्छ। स्थानीय सरकार केन्द्रित विकासका मोडल अपनाउनुपर्छ।

विचार दाह्राको सुगा रटाइ भन्दा वैचारिक लचकता र नतिजा केन्द्रित राजनीति, निर्णयमा जनसहभागिता, ई पार्टिसिपेसन, सदस्यता विस्तारमा डिजिटल प्लेटफर्मको प्रयोग र पारदर्शिता, भ्रष्टाचारमा डिजिटल ट्रायाकिङ र शून्य सहनशिलता हुनु पर्छ।

यसको लागि मतदाताहरू पनि सचेत बन्नु पर्दछ। सधैँ पुराना राजनीतिक शक्तिको विरोध गर्ने तर चुनावमा फेरि तिनै दलहरूलाई मतदान गर्ने चिन्तन र प्रवृत्तिबाट मुक्त हुनु पर्दछ।

केशव खतिवडाका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: #विचारकेशव खतिवडाटाकुरा विशेष
केशव खतिवडा

केशव खतिवडा

पूर्व प्रशासक खतिवडा सामयिक विषयहरूमा विचार–विश्लेषण लेख्दै आएका छन् । उनका लेखहरूमा प्रशासनिक अनुभव र यथार्थपरक दृष्टिकोण झल्किन्छ ।

Related Posts

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश
टाकुरा विशेष

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८३
0

इटहरी : आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन झापा जिल्ला अदालतले आदेश दिएको छ।...

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
टाकुरा विशेष

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

कोशीमा असुरक्षित गर्भपतन, सूचीकृत सेवा केन्द्र हुँदाहुँदै महिलाको ज्यान जोखिममा

जेष्ठ १३, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

जेष्ठ ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.