इटहरी : मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश १ को सुनवर्षी नगरपालिकाको डायनिया (मोरङ) र हरिनगर (सुनसरी) गरि दुई वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।
शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरे । ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै संस्थाले कर्जा लगानी गरि शुक्रबार शाखाको उद्घाटन गरेको हो ।
सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले भने ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ शाखाहरुका उद्घाटन गर्न पाँउदा हामीलाई खुशी लागेको छ ।
त्यस्तै, अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका धेरै ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्यअनुसार देशका विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउँदै लगिरहेको उनको भनाइ थिये ।
मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड प्रदेश १ अन्तर्गत १४ जिल्लामा १९ शाखा कार्यालयमार्फत सेवा प्रदान गरेर आफ्ना सबै ग्राहकहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षमसंगै अघि बढ्ने विश्वास लिएको संस्थाले जनाएको छ ।














Discussion about this post