इटहरी : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर, आगामी आर्थिक वर्षका लागि आठ अर्ब घटाएर बजेट प्रस्तुत गरेको हो ।
मन्त्री आङ्बुहाङ्ले चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरेको बताए । प्रदेशले स्थानीय तह वृत हस्तान्त्रण तर्फ ३ अर्ब २२ करोड ४२ लाख छ र बितीय व्यवस्थापन तर्फ ३ करोड रूपैयाँ विनियोजन गरेको छ ।
बजेटको पूर्णपाठ हेर्नुहोस्














Discussion about this post